धनगढी । कैलालीमा जबरजस्ती करणी गरेको अभियोगमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् ।
पक्रउ पर्नेमा जिल्लाको जोशीपुर गाउँपालिका–५ सिमरानाका ७० वर्षीय लोकबहादुर विष्ट रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले २८ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा विष्टलाई आइतबार पक्राउ गरिएको जनाएको छ । महिलाले जबरजस्ती करणी गरेको उजुरी दिएपछि अस्थायी प्रहरी पोष्ट प्रतिखेतको टोलीले उनलाई पक्राउ गरेको हो । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।













