धनगढी । कैलालीमा लागु औषध सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी गोला घर भई हाल पलिया बस्ने बर्ष २४ को अबनिश कुमार,जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ११ बस्ने बर्ष ६६ को मोती राना र सोही ठाउँ बस्ने बर्ष ३१ को चैना रानारहेका छन् ।
आज वडा प्रहरी कार्यालय धनगढी कैलाली र लागु औषध ब्युरो शाखा कार्यालय धनगढी कैलालीबाट खटीगएको संयुक्त प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. ०३ चौराहबाट १६ ग्राम २३० मिलिग्राम र जिल्ला कैलाली धनगढी उप-महानगरपालिका १२ जुगेडा बि गाँउबाट १ ग्राम ६२० मिलिग्राम लागु औषध (खैरो हेरोईन) सहित उनीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि यस कार्यालयको हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।















