धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
सोमबार जिल्लाको घोडाघोडी नगरपालिका-३ निम्दीस्थित सु.प.प्र.०१-००९ प ८४५२ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने पैदल यात्री ५५ वर्षीय मानबहादुर चौधरीको मृत्यु भएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि घोडाघोडी अस्पताल सुखड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चालक घोडाघोडी नगरपालिका-७ बस्ने २५ वर्षीय भरतबहादुर बम घाइते भई सोही अस्पतालमा उपचार भइरहेको तथा मोटरसाइकल र पछाडी सवार सोही ठाउँ बस्ने २४ वर्षीय लक्ष्मणबहादुर सिमलालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।













