धनगढी । कैलालीमा चाँदीका गरगहना सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सुडा बजार घर बताउने बर्ष ३२ को हरीलाल राना रहेका छन् ।
सोमबार अस्थायी प्रहरी पोष्ट जुगेडा कैलालीबाट खटिगएको प्रहरी टोलीले धनगढी उप-महानगरपालिका १० सिमलघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा रु.६,३४,१८३।-मुल्य बराबरको ३ किलो ३७० ग्राम चाँदीका गरगहना सहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राज कुमार सिंहले जानकारी दिए । आवश्यक कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाउने कार्य भईरहेको उनले बताए ।
३ किलो ३७० ग्राम चाँदीका गरगहना सहित राना पक्राउ
३ किलो ३७० ग्राम चाँदीका गरगहना सहित राना पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















