धनगढी । अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समितिले विद्यार्थीलाई फलफूल वितरण गरेर गणतन्त्र दिवस मनाएको छ ।
विहीबार १८औं गणतन्त्र दिवसको अवसरमा कैलालीको अत्तरियास्थित सुप समावेशी आधारभूत विद्यालयका विद्यार्थीलाई फलफूल वितरण गरिएको हो ।
सो विद्यालयमा अध्ययनरत ७५ जना विद्यार्थीलाई फलफूल वितरण गरिएको अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष वीरबहादुर थापाले जानकारी दिए ।
उनले आफूहरु पनि विद्यार्थी भएकाले गणतन्त्र दिवस मनाउन विद्यार्थी माझ नै गएको बताए । गणतन्त्र दिवसको अवसरमा फलफूल वितरणसँगै विद्यार्थीसंग खुशी साँटासाँट गरिएको उनले बताए ।
फलफूल वितरण कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष मानबहादुर साउदकोसमेत उपस्थिति रहेको थियो ।
















