धनगढी । एरिष्टो माध्यमिक विद्यालयले एकदिने अभिभावक अभिमुखीकरण कार्यक्रम गरेको छ । धनगढी उपमहानगरपालिका ८ क्याम्पस रोडमा रहेको सो बिद्यालयले सो कार्यक्रम गरेको हो ।
कार्यक्रममा विद्यालयका ७०० जना अभिभावकहरुको उपस्थिति रहेको प्रधानाध्यापक हरी क्षेत्रीले निशाना न्युजलाई जानकारी दिए । अभिभावकले बालबालिकालाई कसरी ख्याल गर्ने,कस्तो व्यवहार गर्ने, जस्ता जिवन उपयोगी कुराहरुमा प्रशिक्षण उत्प्रेरक व्यक्ती क्षेत्र प्रसाद ज्ञवालीले दिएका थिए ।















