धनगढी । कैलालीमा प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
शुक्रबार जिल्लाको धनगढी उपमहानगरपालिका- १८ नुक्लीपुर र भजनी नगरपालिका-९ भुरुवाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु.१ लाख ५ हजार ४ सय बराबरको सामानहरु नियन्त्रणमा लिएको हो ।
उक्त मूल्यका विभिन्न किसिमका बच्चाका खेलौना, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।













