धनगढी । कैलालीमा भन्सार छलीका सामानसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका-१ बस्ने ३३ वर्षीय नवीन कुँवर रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
शनिबार कैलालीको गोदावरी नगरपालिका-२ अत्तरिया बसपार्कबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका काठमाण्डौं लैजादै गरेको अन्दाजी रु.१७ लाख बराबरको ९५ थान कपडा (९ बोरा) सहित कुँवरलाई पक्राउ गरिएको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त सामान र निजलाई नियन्त्रण लिएको जनाइएको छ ।













