धनगढी । बाजुरामा बहुविवाह मुद्दामा फरार एकजना प्रतिवादी पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा जिल्लाको गौमुल गाउँपालिका-१ अमलेस बस्ने २७ वर्षीया मन्जु रोकाया रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
जिल्ला अदालत बाजुराको फैसलाले बहुविवाह मुद्दामा १ बर्ष कैद सजाय र रु.१० हजार जरिवाना तोकिएकी रोकायालाई इलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको प्रहरी टोलीले शनिबार निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाइएको छ ।















