अछाम । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अछाममा आत्महत्या ,छाउपडीपर्था,लागुपदार्थ दुर्व्यसनी न्युनीकरणका उपाय लगाएतका बिषयमा सचेतनाका कार्यक्रम गरेको छ ।
आज अछाम बान्नीगढी जयगढ गाउँपालिका ३ जयगढ बजार स्थित सरस्वती माध्यमिक बिद्यालयमा जिल्ला प्रहरी कार्यालय अछाम र सामाजिक विकास कार्यालय अछामको संयुक्त आयोजनामा सो कायक्रम गरेको हो ।
उक्त विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाइ जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले आत्महत्याबाट समाजमा पर्न जाने असर, न्यूनिकरणका उपायहरुका बारेमा जानकारी दिएका थिए ।
आत्महत्या न्यूनिकरणको लागि नेपाल प्रहरीले गर्दै आएको प्रयाशहरू, छाउपडी प्रथा, न्युनिकरणका उपायहरु र कानुनी व्यवस्थाका साथै लागू औषधले समाजमा पार्ने असर लगाएतका बिषयमा सहभागी बिद्यार्थीहरुलाई जानकारी दिएको उनले बताए ।
लागुऔषध मुद्दा दर्ताको तथ्यांक, दुर्व्यसनीमा देखिने लक्षणहरु, यसका असरहरु, लागू औषध सेवनबाट बच्ने र बचाउने उपायहरू, लागू औषध सम्बन्धी दण्ड सजाय सम्बन्धी व्यवस्था तथा लागू औषध दुर्व्यसन लगायतका अपराध नियन्त्रण गर्न गरिएका प्रयाशहरुका सम्बन्धमा श्रव्यदृष्य सामग्रीहरूको प्रस्तुतीकरण गर्दै सो कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा विद्यालयमा अध्यनरत कक्षा १० का ५१ जना विद्यार्थीहरुको सहभागिता रहेको उनले बताए ।













