धनगढी । कैलालीमा एकजना फरार प्रतिवादी पक्राउ परेका छन ।
पक्राउ पर्नेमा जिल्लाको लम्कीचुहा नगरपालिका-३ बल्चौर बस्ने २५ वर्षीय सुरज महतो रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
जिल्ला अदालत कैलालीको फैसलाले बिना इजाजत वन पैदावार (काठ) हानी नोक्सानी तथा ओसारपसार गरेको मुद्दामा रु.४० हजार ४५८.५ जरिवाना तोकिएका महतोलाई इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले आइतबार निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाइएको छ ।













