धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा यही जेठ २२ गते सार्वजनिक बिदा दिइएको छ । उपमहानगर एक सूचना जारी गर्दै गंगादशहरा पर्वको अवसरमा बिदा दिएको जनाएको छ ।
उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णयअनुसार २२ गते सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
गंगादशहरामा धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा मेला लाग्दै आएको छ। बेहडाबाबा मेलामा नेपालसंगै भारतबाट समेत ठूलो संख्यामा भक्तजन पुग्ने गरेका छन् । जेठ २२ गते सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्थालगायतमा बिदा हुने सूचनामा उल्लेख छ ।














