धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाण्डौँमा आरोपपत्र दायर गरेकाे हो । सोडारी कैलाली क्षेत्र नं.४ को प्रदेशसभा १ बाट एकीकृत समाजवादीबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
उनी २०७४ मा सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । गत बैशाख ६ गते मूख्यमन्त्री नियुक्त भएका सोडारीले सत्ता समीकरणमा आएको फेरबदलले अल्पमतमा परेपछि साउन १८ गते पदबाट राजिनामा दिएका थिए ।















