डोटी । डोटीमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । बगलेकबाट दिपायल तर्फ आउँदै गरेको लु.प्र. ०१००१ च ०२४४ नम्बरको जिप बुधबार दिपायल सिलगढी नगरपालिका–७ उडितोलास्थित भित्री सडक खण्डमा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सायल गाउँपालिका–४ भल्माका ५४ वर्षका हरिबहादुर विष्टले चलाएको जिप ब्रेक फेल भइ दुर्घटनामा परेको हो । दुर्घटनामा परि सायल गाउँपालिका–४ भल्माकी २५ वर्षकी पदमा विष्ट, वडा नंं–३ कचालीकी ६० वर्षीया हरु बयाडी, सोही ठाउँका २१ वर्षका यदु बयाडी, पूर्विचौकी गाउँपालिका–२ ठाकाराका ३५ वर्षका गोविन्द वली र सोही पालिकाको बगलेककी ४० वर्षीया कुन्ती नेपाली घाइते भएको प्रहरीले जनाएको छ ।
त्यस्तै पूर्विचौकी गाउँपालिका–२ की ४० वर्षकी हर्कादेवी साउँद, सोही ठाउँकी वर्ष ४० की कलु साउँद, ५० वर्षकी गोलमादेवी दमाई र ३० वर्षका बजी दमाई घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।













