धनगढी । अछाममा भीरबाट लडेर एकजना घाइते भएका छन् । जिल्लाको कमलबजार नगरपालिका– ५ कुईका बस्ने मानबहादुर चलाउने घरदेखि २ किलोमिटर पश्चिमतर्फ रहेको थुलातगार भन्ने जंगलमा बाख्रा चराएर घर तर्कने क्रममा भीरबाट लडि घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
घाइते चलाउनेलाई उपचारको लागि जिल्ला अस्पताल मंगलसैन ल्याएको,टाउको, निधार, बायाँ आँखामा चोट लागेको अवस्था मध्यम रहेको तथा निजलाइ थप उपचारको लागि गएराती नै प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारी जानकारी दिए ।















