बाजुरा । बाजुराको इन्टरनेट सेवा अवरुद्ध भएको छ । शुक्रबार बाजुराको बूढीगङ्गा नगरपालिका–६ बाम्काको नवदुर्गा होटलमा ग्यास पड्किएर आगलागी हुँदा इन्टरनेटको तार जलेपछि सेवा अवरुद्ध भएको हो ।
बाम्का बजारमा आगलागी भएपछि विद्युत्को तारसँगै इन्टरनेटको तार पनि जल्दा इन्टरनेट सेवा अवरुद्ध भएको वाजुरा जिल्लाका डिएसपी इकवालहवारीले निशाना न्युजलाई जानकारी दिए ।
इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्लाका सञ्चारमाध्यम र सरकारी तथा वित्तीय संस्थाहरूको काम प्रभावित बनेको छ।













