धनगढी । कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
आइतबार जिल्लाको घोडाघोडी नगरपालिका-३ नारायणपुरस्थित डोडा नदीमा डुबेर सोही ठाउँ बस्ने तुलादत्त भट्टको छोरा अन्दाजी १५ वर्षीय सुनिल भट्टको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
सुनिलको नदीमा नुहाउने क्रममा पानीमा डुबेर मृत्यु भएको जनाइएको छ ।













