धनगढी । कैलाली जिल्ला कारागार भित्र झगडा भएको छ । कारागारभित्र झगडा गरी कुटाकुट भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख बाल नरसिंह राणा पुगेका थिए ।
उनले कारागार भित्रका कैदी तथा थुनुवाहरूसँग सोधपुछ गरेका थिए । जिल्ला कारागार भित्र झगडा गर्ने व्यक्ति र कारण खुलेको छैन। तर, एक जनाको नाँकमा चोट लागेको स्रोतले बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता राजकुमार सिहंले कारागार भित्र सामान्य झगडा भएको बताए । अहिले झगडा शान्त भइसकेको उनले बताए ।
जिल्ला कारागार, कैलालीमा पटक–पटक लफडा हुने गरेको छ। कैदीहरू नै फरक–फरक समूहमा विभाजन भएर कुटाकुटको स्थिति सृजना हुने गरेको छ।















