• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
☰
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ४. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ५. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ६. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ७. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ८. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ९. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • १०. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

  •   आइतबार, असार २९, २०८२ मा प्रकाशित

घोडाघोडी । टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क मिलाएर राखिएका वेतबाँसका सोफा, टेबल र टेबलमाथि राखिएका माटोका करुवा । यी सामग्रीले कार्यालयको शोभा बढाएका छन् । नगरप्रमुख रामलाल डगौंरा कार्यालयको शोभा मात्र नभई यस कार्यले स्थानीय उत्पादन प्रवर्द्धन र व्यवसायीलाई प्रोत्साहित गरिरहेको बताउँछन् । ‘यी सामग्रीहरू हाम्रै क्षेत्रमा उत्पादन भएका हुन् । यिनको प्रचारप्रसार र प्रवर्द्धन गर्ने दायित्व हाम्रो पनि हो नि’, उनी भन्छन् ।

उनी वेतबाँसबाट बनेका फर्निचर वातावरणमैत्री हुनाका साथै स्थानीयस्तरमा नै बन्ने भएकाले उत्पादकलाई प्रोत्साहनका लागि पनि नगरपालिकाले प्रयोगमा जोड दिएको धारणा राख्नुहुन्छ । नगरप्रमुख डगौंरा भन्छन्, ‘हामीले वेतबाँसका फर्निचर मात्र होइन, थारू समुदायको सांस्कृतिक प्रतीक करुवा, ढकिया पनि प्रयोगमा ल्याएका छौँ । यसले हाम्रो कला, संस्कृति र परम्परागत सीपको संरक्षण र प्रचारप्रसारमा ठूलो सन्देश दिएको छ ।’

कार्यकक्षमा राखिएको माटोको करुवा पानी पिउन र पूजापाठमा प्रयोग गरिने थारूहरूको परम्परागत पहिचान हो । यो सांस्कृतिक संरक्षण र सम्मानको प्रतीक पनि हो । हरेक टेबलमाथि राखिएको माटोको करुवाले स्थानीय थारू संस्कृतिको संरक्षण र प्रवर्द्धनमा पालिका प्रतिबद्ध रहेको सन्देश दिइरहेको धेरैले आभाष गर्छन् ।

नगरपालिकाले स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकता दिई उद्यम विकास, रोजगारीको सृजना र स्थानीय सीपलाई प्रोत्साहन दिइरहेको छ । नगरप्रमुखको कार्यकक्षमा राखिएका सोफा, कुर्सी, टेबल सबै स्थानीय उद्योगमा बनेका हुन् । यी फर्निचर आकर्षक मात्र होइन बलिया र टिकाउ पनि छन् ।

स्थानीय तिलगङ्गा वेतबाँस फर्निचरका सञ्चालक भरतलाल विक नगरपालिकाको पहलले स्थानीय युवालाई रोजगार दिने मात्र नभई समुदायको आर्थिक सशक्तीकरणमा पनि योगदान पुर्याएको बताउँछन् । आफ्नो उद्योगले नगरपालिका कार्यालयमा मात्रै होइन काठमाडौँ, पोखरालगायत विभिन्न सहरमा वेतबाँसका फर्निचर पठाइरहेको उनले बताए ।

‘आठ वर्ष मलेसियाको बसाइँपछि भारतको कलकत्तामा वेतबाँसका फर्निचर निर्माणको काम सिकेको थिए । त्यहाँ सीप आफ्नै ठाउँमा सदुपयोग गरिरहेको छु । यसले स्थानीयलाई रोजगारी दिन सिन सघाउ पुगेको छ’, विश्वकर्माले भने । उनका अनुसार उद्योग सञ्चालन गर्दा सुरुमा भारतको कलकत्ताबाटै कामदार ल्याउनुपरेको थियो । हाल ४० जनाभन्दा बढी स्थानीयले उद्योगमा रोजगार पाएका छन् ।

‘कामदारलाई कामका आधारमा पारिश्रमिक दिने गरेको छु । एक जनाले मासिक रु २५ देखि ३० हजारसम्म आम्दानी गर्ने गर्दछन्’, विश्वकर्माले सुनाए । वेतबाँसका फर्निचर बनाउन आवश्यक पर्ने कच्चापदार्थ टीकापुरकै सत्ती कर्णाली सामुदायिक वनबाट प्राप्त हुन्छ ।

२५८ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन नेपालकै सबैभन्दा बढी वेत उत्पादन गर्ने वनका रूपमा परिचित छ । वि।सं २०५१ देखि संरक्षण गर्न थालिएको वेत कटानबाट वार्षिक रु एक करोडभन्दा बढी आम्दानी गर्ने गरिएको सामुदायिक वनका अध्यक्ष जितराम चौधरीले बताए । यसले स्थानीय समुदायको जीवनस्तर उकास्न पनि महत्त्वपूर्ण भूमिका खेलेको उनले सुनाए ।

वेतका कारण स्थानीय उपभोक्ताले रोजगारी पाउने गर्दछन् । प्रत्येक वर्ष फागुन १५ गतेपछि दुई महिनासम्म वेत काट्ने गरिन्छ । वेत काटेबापत स्थानीय उपभोक्ताहरूले प्रतिकिलो १० का दरले पारिश्रमिक पाउने गरेको अध्यक्ष चौधरीले जानकारी दिए । त्यस अवधिमा एक जनाले दैनिक रु एक हजारदेखि दुई हजारसम्म कमाउने गरेको उनको भनाइ छ ।

वेत चारदेखि पाँच वर्षमा तयार हुने गर्छ । स्थानीय र बाह्य बजारमा समेत वेतबाँसबाट उत्पादित सामग्रीको उच्च माग भएकाले सामुुदायिक वनले विगतदेखि नै वेतको संरक्षण र सदुपयोग गर्दै आएको छ । ‘हामीले सुरुदेखि नै वेत संरक्षण गरिरहेका छौँ । पछिल्लो समय टीकापुरलगायत पालिकाले वेतबाँसका सामग्रीलाई प्रोत्साहन गरिरहेका छन् । यसले संरक्षण प्रयासमा सकारात्मक योगदान पुगेको छ’, अध्यक्ष चौधरीले भने ।

नगरपालिकाले स्थानीय वेतबाँसबाट उत्पादित फर्निचरलाई प्राथमिकता दिई प्रयोगमा ल्याएकामा आफूहरू उत्साहित भएको वेतबाँस फर्निचर उद्योग सञ्चालक विक बताउँछन् ।

टीकापुर नगरपालिकाले वडा नं ७ मा समेत वेतबाँसबाट बनेका फर्निचरलाई प्राथमिकता दिएको छ । नगरपालिका स्थानीय सीप र उत्पादन प्रवर्द्धनका लागि प्रमुख अभिभावक पनि भएकाले आगामी दिनमा पनि वेतबाँसका सामग्रीलाई प्राथमिकता दिइने नगरप्रमुखले प्रतिबद्धता व्यक्त गरेका छन् । रासस

  • स्थानीय उत्पादन
आइतबार, असार २९, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ
स्कुल बस दुर्घटना हुँदा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

समाचार

सबै

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ४.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ५.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ६.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.