• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
☰
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ४. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ५. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ६. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ७. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ८. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ९. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • १०. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

कञ्चनपुरका राना थारु गाउँमा सावन डोलाको रौनक

  •   आइतबार, असार २९, २०८२ मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीस्थित राना थारु समुदायका महिलाले सावन डोला ९पिङ० राखेका छन् । श्रावण कृष्णपक्षको प्रतिपदाको दिन गाउँकोबीच भागमा डोला राखिएको हो ।

राना थारु समुदायमा परम्परागतकालदेखि डोला राख्ने चलन रहेको वडाध्यक्ष नवलसिंह राना बताउँछन् । उनका अनुसार गाउँकोबीच भागमा राखिएको डोलालाई विवाहित महिलाले सजाउँछन् । त्यस अवसरमा उनीहरुले लोकभाकामा गीत पनि गाउँछन् । यो क्रम अठार दिनसम्म चल्छ ।

यो परम्परा कालागौँडीको राना थारु गाउँमा मात्रै नभएर कैलाली कञ्चनपुरका राना थारु गाउँमा पनि मनाइन्छ । डोलामा झुल्ने क्रममा महिलाहरूले रामायण, महाभारत, कृष्णलीला, र पारिवारिक कथाहरूमा आधारित परम्परागत गीत गाउँछन् ।

“डोला मात्र झुल्ने ठाउँ होइन, हाम्रो संस्कार साँच्ने थलो हो” देवकीदेवी रानाले भने, “दिदीबहिनीहरू मिलेर गीत गाउछौँ, आफ्ना परम्परा जगेर्ना गर्छौँं ।” गाउँका भद्रभलादमी, भलमन्सा भर्रालगायतले दुष्टतात्माको अनिष्टबाट जोगाउनका लागि विधि विधानअनुसार डोला राख्ने क्रममा पूजा गर्ने चलन रहेको कालागौंँडी गाउँका भलमन्सा लालबहादुर रानाले बताए ।

“पूजापाठका क्रममा धूप बत्ती गर्ने, फूल मिठाइलगायत चढाउने काम गर्दछौँं”, उनले भने, “कमिलालाई त्यसैक्रममा सावनको डोलामा झुलाउने ९पिङ खेलाउने० कार्य गरिन्छ ।” जसलाई राना थारु भाषामा ‘चिटी डोँका’ भन्ने गरिएको उनले बताए ।

उनका अनुसार यस्तो गरेमा डोलामा झुल्नेलाई रिङटा नलाग्ने र दुष्टात्माको नजरबाट जोगाउने अन्न धेरै फल्ने रोगव्याधी हटने जनविश्वास रहिआएको छ । यी धार्मिक तथा परम्परागत विधि विधान पूरा भएपछि डोलाको दुईतर्फ लामवद्ध भएर उभिएका महिलाले माङ्गलिक र धार्मिक गीत परम्परागत लोक लयमा गाउन सुरु गर्दछन् । केही महिलाले डोलामा चढेर रमाइलो गर्दछन् ।

“यो चलन लामो समयदेखि चल्दै आएको छ”, प्रेमवती रानाले भने, “दिदीबहिनीले डोलामा मच्चिँदै रमाइलो गर्दै मा¬ङ्गलिक गीत गाउने गर्दछन् ।” चार वटा काठको खावा गाडेर त्यसको बीचमा काठकै बलियो डण्डी राख्ने गरिन्छ र डण्डीमा डोरी राखेर त्यसमा काठको फल्याक बाँधेर डोला ९पिङ० का रुपमा प्रयोग गरिन्छ ।

डोला खेल्ने दिदीबहिनीको उत्साह थप्नका लागि ठूलो आवाजमा दाजुभाइले गीत गाउने चलन यस समुदायमा छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच आत्मियता बढने भएकाले यसलाई बढी महत्व दिइने गरिएको उनको भनाइ रहेको छ ।

सावनको डोला खेल्ने क्रम श्रावण शुक्लपक्षको तृर्तिया तिथिसम्म जारी रहन्छ । अठार दिनसम्म सावनको डोलामा दिदीबहिनीले रमाइलो गर्दै झुल्ने स्थानीय शिक्षक गेंदुराम राना बताउँछन् । श्रावण शुक्लपक्षको तृतियाका दिन राना थारु समुदायका दिदीबहिनीले दाजुभाई र भतिजाको दीर्घायूको कामना गर्दै पानी नपिएर निरहार बसी तिजको व्रत बस्ने गरेको उनले बताए ।

उनका अनुसार निरहार बसेका दिदीबहिनीले प्रसादका रुपमा साँझपख सिमही, पपरा, कतरा, पुरी, गुलगुलालगायतका पकवान ग्रहण गर्दछन् । ती परिकार भने तिजको बिहानीपखदेखिनै पकाउने कार्य गरिन्छ । तिजको दिन व्रतालु उपस्थित भएर डोलामा राखिएको डोरीको टाउको काटने गर्दछन् ।

विशेष प्रजातीको घाँस गड्रौँंधाको पातको विवाहिताले सात र अविवाहिताले पाँच ओटा गाँठो एकै हातले बाँधेर चाँदीको सिक्काले काटने गरेको प्रेमवतीले बताए । “त्यो घाँसमा बाँधिने गाँठोलाई झुडकी भन्ने गर्दछन्”, उनले भने, “एक थालमा झुडकी, अर्को थालमा डोरीको टाउको र विभिन्न थरिका पकवान लिएर महिला सामूहिक रुपमा नदीमा पुगेर पूजापाठ गर्दछौँं ।”

पूजापाठपछि सालको पातको दुनामा झुडकी बलेको बत्ती राखेर नदीमा बगाइन्छ । त्यस अवसरमा गङ्गा मैयासँग प्रार्थना गर्छन् । झुडकी नदीमा विसर्जन गरेपछि ब्रतालुहरुले खाना खान्छन् । नदीमा विसर्जन गर्न जाने बेला गाउँका युवाले दिदीबहिनीलाई बाटोमा लामो डोरीमा बेरेर घेर्ने प्रयत्न गरी हस्यौली ठट्यैली र मनोरञ्जन लिन्छन् ।

डोरी राखेर रोक्ने कार्यलाई राना थारु भाषामा ‘पटाँसो’ हाल्ने भन्ने गरिन्छ । दिदीबहिनीले पूजापाठ गरी नदीबाट फर्केपछि पकवान खानका लागि दिने बचनबद्धता गरेपछि युवाले पासो खोलेर बाटो खुला गरिदिने उनी बताउँछन् ।

यसै दिन सावनको डोलालाई खोलेर राख्ने गरिन्छ । माइतीलाई भेटन नपाएका दिदीबहिनीहरु यसै अवसरको सदुपयोग गर्दै भेटघाट गर्न आउने भएकाले यसले वर्षभरिको सुखदुःख साटासाट गर्ने अवसरका रुपमा लिने गरिएको राना थारु अगुवा मोतिराम रानाले रानाले बताए ।

“यस अवसरमा घरघरमा बनाइएका परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाइ आफन्तलाई बाँड्दै घरका सबैलेसँगै बसेर खाने चलन छ”, उनले भने, “तीजका अवसरमा महिलाले घङ्घरिया, अङ्गिया, फतुइ र घुँगट लगाउने गरेका छन् भने आभूषणमा पैडा, कठुला, हरवालगायत घाँटीदेखि खुट्टासम्म लगाउने गर्दछन् ।”

उनका अनुसार यस वर्षको राना थारु समुदायका दिदीबहिनीले मनाउने तीज पर्व साउन महिनाको ११ गते परेको छ । सावनको डोला राख्ने कार्य भने भइसकेको छ । राना थारु समुदायको कैलाली र कञ्चनपुरमा मात्रै बसोवास रहेको छ । रासस

आइतबार, असार २९, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ
स्कुल बस दुर्घटना हुँदा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

समाचार

सबै

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ४.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ५.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ६.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.