धनगढी । कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–४ जिजिकोटका २५ वर्षीय टेकेन्द्र कुँवर रहेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार उनलाई एक ग्राम ७० मिलिग्राम खैरो हेरोइनसहित पुनर्वास नगरपालिका–११ डोकेबजारबाट शनिबार पक्राउ गरिएको हो ।
प्रहरी चौकी परासनको टोलीले कुँवरलाई पक्राउ गरेको र सो विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।















