• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

कञ्चनपुरका सीमसार तथा ताल तलैयाको अस्तित्व सङ्कटमा

  •   सोमबार, माघ १९, २०८२ मा प्रकाशित

कञ्चनपुर। जलवायु परिवर्तन, बढ्दो प्रदूषण र मानवीय अतिक्रमणका कारण कञ्चनपुरका सीमसार क्षेत्र तथा ताल–तलैयाको अस्तित्व सङ्कटमा परेको छ ।

जैविक विविधताको संरक्षण, जलसन्तुलन र पर्यावरणीय स्थायित्वका आधारस्तम्भका रूपमा रहेका सीमसार क्षेत्र संरक्षण तथा सम्वर्द्धनको अभावमा सङ्कटमा पर्दै गएका हुन् ।

सीमसार क्षेत्र प्राकृतिक पानी सञ्चित गर्ने थलो मात्र नभई दुर्लभ जलचर, जलपक्षी, माछा, गोही, कछुवा, अजिङ्गर तथा विविध वनस्पतिका लागि सुरक्षित बासस्थानका रूपमा रहेका छन् । यस्ता क्षेत्रले बाढी नियन्त्रण, भू–जल पुनर्भरण, स्थानीय तापक्रम सन्तुलन र जलवायु परिवर्तनको असर न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विनयकुमार झाले सीमसार क्षेत्रलाई जैविक विविधता सन्तुलनको सूचकका रूपमा ब्याख्या गर्दै यसको संरक्षण नगरे जैविक विविधता नै सङ्कटमा पर्ने बताए ।

“सीमसार क्षेत्र दुर्लभ जलचर र जलपक्षीको प्रमुख बासस्थान हो”, उनले भने, “ताल–तलैयामा खलल पुग्दा माछा, गोही, कछुवा, जलपन्क्षी तथा सीमसारमा पाइने दुर्लभ वनस्पति क्रमशः लोप हुने अवस्थामा पुग्छन् ।”

उनका अनुसार निकुञ्जभित्र रहेका रानी ताल, शिकारी ताल, बाबा ताल, सलगौडी ताल, तारा तालजस्ता महत्त्वपूर्ण ताल–तलैया हाल जलकुम्भी, नरकट र अन्य अनावश्यक वनस्पतिले भरिँदै गएका छन् ।

सीमसार तथा ताल–तलैयाको नियमित संरक्षण र प्राकृतिक स्वरूप कायम राख्न आवश्यक बजेट र जनशक्ति अभावले समस्या थप जटिल बनेको उनको भनाइ छ ।

“पहिले ताल–तलैयाको संरक्षणका लागि छुट्टै बजेट व्यवस्था हुन्थ्यो”, संरक्षण अधिकृत झाले भने, “अहिले बजेट अभावका कारण थोरै स्रोतले ठूला तालको प्राकृतिक रूपमा व्यवस्थापनको कार्य गर्न सकिएको छैन ।”

निकुञ्जभित्र रहेका रानी ताल र शिकारी ताल कञ्चनपुरकै ठूला तालमध्ये पर्छन् । ती ताल पुरिँदै जानु भनेको केवल पानीको स्रोत सुक्नु मात्र नभई त्यसमा आश्रित जैविक विविधता नष्ट हुनु हो । संरक्षण अधिकृत झाले ताल पुरिँदा त्यससँगै जलचर र दुर्लभ वनस्पति सधैँका लागि हराउने खतरा रहेको उल्लेख गरे ।

हाल निकुञ्जभित्रका ताल–तलैयामा बसाइँ सरेर आउने जलपन्क्षीको सङ्ख्या विगतको तुलनामा केही सुधार भएको देखिए पनि दीर्घकालीन व्यवस्थापन नहुँदा आगामी वर्षहरूमा ती जलपक्षीको आगमन घट्न सक्ने चिन्ता उनले व्यक्त गरे ।

निकुञ्ज बाहिरका ताल तथा सीमसार क्षेत्रहरू मानव अतिक्रमणको चपेटामा परेका छन् । सीमसार अतिक्रमण गरी खेतीपाती गर्ने, अवैज्ञानिक ढङ्गले माछापालन गर्ने तथा प्राकृतिक जलप्रवाह अवरुद्ध गर्ने प्रवृत्तिले धेरै प्राकृतिक ताल–तलैया पुरिँदै र सुक्दै गएका छन् ।

विगतमा वर्षभरि पानी रहने तालहरू हाल वर्षायामपछि सुक्न थालेका छन् । जसमा जलवायु परिवर्तनसँगै मानव क्रियाकलाप उत्तिकै जिम्मेवार रहेको सवडिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेशकुमार यादवले बताए ।

निकुञ्ज बाहिरका जलपक्षीका लागि प्रसिद्ध पुरैनी तालको क्षेत्रफल वर्षेनी घट्दै गएको छ भने बन्दाताल र सोभा ताल पर्या पर्यटनको नाममा जलपन्छीको प्राकृतिक बासस्थान मासिएको छ ।

सवडिभिजन वन कार्यालय कुण्डाका प्रमुख यादवले सामुदायिक वन क्षेत्रभित्र रहेका प्राकृतिक तालहरूको संरक्षण जनसहभागितामार्फत हुँदै आएको जानकारी दिए ।

“सीमसार क्षेत्र जलसञ्चय गर्ने थलो मात्र होइन, रैथाने र आगन्तुक जलपक्षीको प्रमुख बासस्थान हो”, उनले भने, “सीमसार नासिँदा जैविक विविधता मात्र होइन, स्थानीय जीवनशैलीमा गम्भीर असर पर्छ ।”

उनका अनुसार कृषिमा प्रयोग हुने रासायनिक मल र विषादी वर्षातको पानीसँगै बगेर नदी, ताल–तलैयामा पुग्दा ती जलस्रोत प्रदूषित हुँदै गएका छन् ।

यसले माछा, गोही, कछुवा, अजिङ्गर तथा जलपन्क्षीको प्रजनन स्वास्थ्य र आहारविहारमा प्रतिकूल असर पार्ने खतरा बढाएको छ । रासायनिक मल र विषादीको प्रयोग न्यूनीकरण गरी जैविक खेतीतर्फ किसानलाई प्रोत्साहन गर्नु आजको आवश्यकता भएको उनले जोड दिए ।

सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशीले चुरे क्षेत्रमा रहेका ताल–तलैया र सीमसार क्षेत्र संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताए ।

“चुरे क्षेत्रमा दर्जनौँ ताल–तलैया र सीमसार क्षेत्र छन्”,उनले भने, “तर संरक्षण र सम्वर्द्धन नहुँदा ती प्राकृतिक सम्पदा मासिँदै गएका छन् ।”

चुरे क्षेत्रबाट वर्षायाममा बगेर आउने पानीसँगै माटो, ग्रेगान र साना ढुङ्गा ताल–तलैयामा जम्मा हुँदा ती क्षेत्र पुरिँदै गएका छन् । यसले जलचरको बासस्थान नष्ट हुनुका साथै जैविक विविधता सङ्कटमा पारेको छ । समन्वय समितिका तर्फबाट सीमसार संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आएको उनले बताए ।

कञ्चनपुरको चुरे क्षेत्रमा झिलमिला, बेदकोट, सुनदेवी, मुड्का, बैजनाथलगायत दर्जनौँ ताल–तलैया तथा प्रसिद्ध सिस्ने सीमसार क्षेत्र रहेका छन् । यी सीमसार क्षेत्र धार्मिक, सांस्कृतिक, पर्यटकीय र पर्यावरणीय दृष्टिले महत्त्वपूर्ण मानिन्छन् ।

सीमसार क्षेत्रलाई संरक्षण गर्दै पर्यापर्यटनसँग जोड्न सके स्थानीय रोजगारी सिर्जना हुनुका साथै संरक्षणमा दीर्घकालीन योगदान पुग्ने वन वातावरण क्षेत्रमा लामो समयदेखि क्रियाशील वीरबहादुर राजवंशीले बताए।

“सरकार, स्थानीय तह, समुदाय र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय, पर्याप्त बजेट व्यवस्था र जनचेतना अभिवृद्धि गर्न सके मात्र र ताल–तलैया जोगाउन सकिन्छ,” उनले भने, “सीमसार क्षेत्रको संरक्षण गर्नु भनेको जैविक विविधता, पानी र भविष्यका पुस्ताको जीवन सुरक्षित गर्नु हो भन्ने चेतना फैलाउन आवश्यक छ ।”रासस

सोमबार, माघ १९, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?

समाचार

सबै

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.