धनगढी । कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छली गरी भारतबाट ल्याइएका एक लाखभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएका अन्दाजी एक लाख १४ हजार २२० रुपैयाँ बराबरका सामान बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त मूल्यको पेय पदार्थ, गुड, दाल, विभिन्न किसिमका कपडा, ब्रोइलर कुखुरालगायतका सामान बेवारिसे अवस्थामा फेला पारेको थियो ।
बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।















