धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का काँग्रेस उम्मेदवार नरनारायण शाहले धनगढी उपमहानरपालिकालाई महानगरपालिका बनाउने प्रस्ताव गरेका छन्। मङ्गलवार धनगढीमा आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै शाहले धनगढीलाई महानगरपालिका बनाउनुपर्ने बताएका हुन्।
शाहले आफू निर्वाचित भए धनगढीलाई महानगरपालिका बनाउन पहल गर्ने बताएका हुन्। उनले आफ्नो चुनावी प्रतिबद्धता(पत्रमा समेत धनगढीलाई महानगरपालिका बनाउन सङ्घीय सरकारसँग पहल गर्ने उल्लेख गरेका छन्।
चुनावी घोषणा(पत्र सार्वजनिक गर्दै शाहले सङ्घ, प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वय गरेर काम गर्ने बताएका छन्। उनले सुदूरपश्चिमका विकास परियोजना अगाडि बढाउन यस क्षेत्रबाट निर्वाचित हुने सांसदहरूको ककस बनाएर सदनमा आवाज उठाउन पहल गर्ने बताएका छन्।















