धनगढी । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा कैलाली क्षेत्र नं. ५ का उम्मेदवार प्रेमबहादुर आलेले चुनावी अभियानलाई व्यापक बनाउँदै लगेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन लक्षित कार्यक्रमलाई व्यापक बनाउँदै लगेका हुन् ।
पूर्वमन्त्रीसमेत रहेका आलेले अहिले घरदैलो अभियानलाई तीब्र बनाउँदै लगेका छन् । उनले घरदैलोमा जनताको समस्या,पीरमर्का बुझ्ने काम गरिरहेका छन् भने आफm्ना प्रतिवद्धता जनतामाँझ राख्ने गरेका छन् ।
धनगढी उपमहानगरपालिका वडा नं. १,२ र ३ मा घरदैलो सकिसकेका तथा वडा नं. ४ मा घरदैलो जारी रहेको नेपाली कम्युनिष्ट पार्टी कैलाली क्षेत्र नं. ५ को निर्वाचन मुल व्यवस्थापन समितिले जनाएको छ ।
उनले घरदैलोमा जनताका कामप्रति सधै प्रतिवद्ध रहँदै आएको बताउँदै यस निर्वाचन क्षेत्रको समग्र विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले घरदैलोमा जनताको अपार माया पाइरहेका बताउँदै जनताले आफ्नो पक्षमा मतदान गर्ने दाबी गरे । डोटीबाट लगातार तीन पटक निर्वाचन जितेर पटकपटक मन्त्री भइसकेका आले यस पटक कैलाली क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका छन् ।














