धनगढी । कैलाली क्षेत्र नं ५ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आले घरदैलो अभियानमा सक्रिय भएपछि जनताको बीचमा लोकप्रियता बढ्दै गएको देखिएको छ।

आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित कार्यक्रमलाई तीब्र बनाएका आलेले घरदैलोमा जनताका गुनासा,समस्या नजिकबाट बुझ्ने गरेका छन ।
स्थानीय मतदाताले उनको नजिकबाट भेटघाट र समस्याको सुनुवाइलाई सकारात्मक रुपमा लिएका छन्।
मतदातासंग आलेले भने, “जनताको मन जित्नु मेरो पहिलो प्राथमिकता हो। चुनाव जित्नुभन्दा बढी, सबैका आवाज सुन्नु र प्रतिनिधित्व गर्नु महत्त्वपूर्ण छ।”
विश्लेषकहरूले उनको लोकप्रियता बढ्नु चुनावी रणनीतिको दृष्टिले महत्वपूर्ण संकेत भएको बताएका छन्।













