धनगढी । प्रहरीले कैलाली र कञ्चनपुरबाट अवैध भन्सार छलीका सामान बरामद गरेको छ । शनिबार कैलालीको भजनी नगरपालिका–३ काँढा पुलस्थित क्षेत्रमा भारतबाट अवैध रूपमा ल्याइएका अन्दाजी मूल्य रु ५०,७९५ बराबरका बिडी, सुर्ती लगायतका सामान बरामद गरेको हो। इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।
त्यसैगरी कञ्चनपुरका विभिन्न ठाउँबाट भारतबाट भन्सार छली गरी ल्याइएका अन्दाजी मूल्य रु १ लाख ५२ हजार बराबरका अवैध बोइलर कुखुरा, माछा, कपडा लगायतका सामान बरामद गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

















