धनगढी- जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वकिलबहादुर सिंह सम्मानित भएका छन् । ६७औँ प्रहरी दिवसको अवसरमा जिल्ला ट्राफिक कार्यालयका कार्यालय प्रमुख प्रहरी निरिक्षक सिहं सम्मानित भएका हुन् ।
उत्कृष्ट ट्राफिक व्यवस्थापन गरेबाफत सिंहलाई उच्च सम्मानसहित सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले समान गरे । सिंहले वडा प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय पुनर्वासको इन्चार्ज रहदा उत्कृष्ट काम गरेका थिए ।













