बझाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार ऐन महर निर्वाचित भएका छन्।
महरले १८ हजार ५४३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत प्राप्त गरेका छन्।
त्यस्तै,नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मीनबहादुर कुँवरले ९ हजार ७५७ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शैलेशकुमार सिंहले ९ हजार २६३ मत प्राप्त गरेको जनाइएको छ।













