धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति असन्तुष्टि जनाउँदै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश कमिटी सदस्य गोविन्द बोहराले पार्टी परित्यागको घोषणा गरेका छन्।
डडेल्धुराकाे पर्शुराम नगरपालिका-८ का पूर्ववडाध्यक्षसमेत रहेका बोहराले सामाजिक सञ्जालमार्फत प्रदेश कमिटी सदस्य परित्याग गर्ने घोषणा गरेका हुन्।
बोहराले मुख्यमन्त्री खगराज भट्टप्रति असन्तुष्टि व्यक्त गर्दै पार्टीभित्र कमिसनको प्रवृत्ति हाबी भएको र आर्थिक हैसियत भएकाहरूको मात्र प्रभाव देखिएको आरोप लगाएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘खगराज भट्ट, यस्ता कमिसनखोर पार्टीमा रहुन्जेलसम्म हामी नेकपाको सदस्य हुन सक्दैनौँ ! प्रदेश कमिटी सदस्यता परित्याग !’

















