धनगढी । कैलालीमा गोली प्रहार गरि श्रीमानले श्रीमतीको हत्या गरेका छन ।
जिल्लाको गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँका अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरकाे हत्या गरेको प्रहरीले जनाएको छ ।
विवादका क्रममा मगरले आफूसँग रहेको भरुवा बन्दुकबाट श्रीमतीलाई गोली हानी हत्या गरेकाे कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले बताए ।
श्रीमतीकाे हत्यापछि उनले सोही बन्दुकले आफैलाई गोली हानेका थिए । घाइते अवस्थामा रहेका उनकाे सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
उनकी श्रीमतीको शव भने घटनास्थलमै रहेको र
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

















