धनगढी । कञ्चनपुरबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
बिहीबार जिल्लाको भीमदत्त नगरपालिका-६ ऐठपुर बैज्यनाथ टोल र बेलौरी नगरपालिका-१ बैशाखाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.१० लाख ८५ हजार १५० बराबरको सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त मूल्यको २ ट्राली केरा ट्राली सहित, चुना, मोवाईल ग्लास लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।

















