धनगढी । कञ्चनपुरमा कारको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
जिल्लाको भीमदत्त नगरपालिका-५ बनगाउँस्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको यु.के. ०६ बि.एन. २८२९ नम्बरको ईण्डियन कारको ठक्करबाट सोही ठाउँ बस्ने साइकलयात्री ६५ वर्षीय मोहन शाहीको शनिबार साँझ मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।
कार र कार चालक भारत रुद्रपुर बस्ने ४० वर्षीय राजेश कुमारलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

















