धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले खप्तड पर्यटन विकास बोर्डको अध्यक्षमा नेकपा एमालेकी जमुना चन्दलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद् बैठकले बझाङको जयपृथ्वी नगरपालिका–१० की चन्दलाई अध्यक्षमा नियुक्त गरेको हो । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले समितिको पदाधिकारी नियुक्त गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले जानकारी दिए ।
समितिका सदस्यमा डोटीकी मायादेवी कुँवर, बझाङकी गोकुलदेवी सिंह र बाजुराका मीनबहादुर शाही नियुक्त भएका छन् । प्रदेश सरकार मातहत चार वटा विकास समिति रहेका छन् । पदाधिकारी नियुक्त गर्न बाँकी समितिको चाँडै नियुक्ति टुङ्ग्याइने मन्त्री सार्कीले बताए ।

















