धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसको अवसरमा सम्पूर्ण पत्रकार तथा सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री शाहले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको सुदृढीकरणमा महासंघले खेलेको भूमिकाको उच्च सम्मान गर्दै आगामी दिनमा पनि निष्पक्ष, जिम्मेवार र व्यावसायिक पत्रकारिताको विकासमा अझ सशक्त योगदान पुग्ने विश्वास व्यक्त गरे।
उनले यस अभियानमा योगदान पुर्याउने सहिद पत्रकारहरूप्रति श्रद्धाञ्जली समेत अर्पण गरेका छ्न ।

















