धनगढी । कैलालीका जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ परेका छन्।
२७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लम्कीचुहा नगरपालिका-८ सोनपुर बस्ने ३० वर्षीय कासिम अलि जागालाई मंगलबार पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालले जनाएको छ ।
कासिम अलि जागाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।













