धनगढी । डोटीको जोरायल गाउँपालिका-६ भागेश्वरस्थित सामुदायिक वनबाट एक नाले भरुवा बन्दुक बरामद गरेको छ।
सोमबार दिउँसो इलाका प्रहरी कार्यालय विपिनगरबाट खटिएको प्रहरी टोलीले सामुदायिक वनमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त बन्दुक फेला पारेको हो ।
बेवारिसे अवस्थामा फेला परेको एक थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

















