धनगढी । कैलालीबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
बिहीबार जिल्लाका विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु. १ लाख ७ हजर १ सय बराबरको किराना सामान,कपडा र ४ थान साईकल लगायतका सामानहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाइएको छ ।













