धनगढी । कैलालीबाट प्रहरीले अवैध भन्सार छलीका बोइलर कुखुरा नियन्त्रणमा लिएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका-७ बेलीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.३ लाख बराबरको बोइलर कुखुरा र कुखुरा बोक्न प्रयोग भएको २ थान मोटरसाइकलसहित बुधबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त बोइलर कुखुरा अस्थायी प्रहरी पोष्ट जुगेडा र प्रहरी चौकी कनरीबाट संयुक्त रुपमा खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।













