धनगढी । कैलालीबाट प्रहरीले अवैध भन्सार छलीका सामन को धनगढी र भजनीबाट भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
बिहीबार जिल्लाको धनगढी उपमहानगरपालिका–९ बङ्ग्राकटान र भजनी नगरपालिका–७ हिक्मतपुरबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ११ हजार २०० बराबरका चिनी, सुर्ती, बिडी, बिभिन्न किसिका बिद्युत लगायतका सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ।



















