धनगढी । कैलालीको गोदावरी नगरपालिका-४ स्थित गोदावरी नदीमा आएको बाढीले बगाउँदा दुई महिलाको मृत्यु भएको छ ।
शुक्रबार बिहान पौने ७ बजे तिर गोदावरी नदीमा आएको बाढीले गोदावरी नगरपालिका-४ बस्ने ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदलाई बगाएको थियो ।
बाढीले बागाएका धमलाको शव सोही ठाउँको गोदावरी नदीको मसानघाट नजिकै र साउदको शव सोही ठाउँको बनदेवी मन्दिर पछाडि नदी छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
धमला र साउद बिहान ६ बजे जङ्गलमा च्याउ टिप्न घरबाट निस्केको भन्ने प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।



















