धनगढी । कैलालीमा एक पसलमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएका छन ।
जिल्लाको गौरीगंगा नगरपालिका-१ बस्ने धर्मराज ढुङ्गानाले संचालन गरेको गौरीगंगा ट्रेड एण्ड सप्लायर्स पसलमा शुक्रबार राति विद्युतको तार सट भई आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण आउन विवरण आउन वाँकी रहेको प्रहरीले जनाएको छ ।
स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



















