धनगढी । कैलालीबाट प्रहरीले अवैध भन्सार छ्लीका सामान नियन्त्रणमा लिएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका-३ त्रिनगर र वडा नं १३ मोहनपुरबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.७८ हजार ९२० बराबरको सुर्ती, सुटपिस, स्याम्पु, साबुन, सरप, किराना लगायतका सामानहरु शनिबार नियन्त्रणमा लिएको हो ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।



















