धनगढी । कैलालीबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन ।
जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका-७ बस्ने ३१ वर्षीय प्रकाश राना पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शनिबार निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।



















