धनगढी । रास्वपा सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश विष्ट निर्वाचित भएका छन् ।
रास्वपाको धनगढीमा सम्पन्न प्रथम प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनमा विष्ट ३५८ मतसहित विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी जनक सिंह धामीले १५४ मत पाएको जनाइएको छ ।
नवनिर्वाचित सभापति विष्ट यसअघि रास्वपा सुदूरपश्चिम प्रदेशको तदर्थ समितिका सभापति थिए । अधिवेशन सोमबारबाट सुरु भएको हो ।













