धनगढी । कञ्चनपुरमा एक कृषि फर्ममा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएको छ ।
जिल्लाको कृष्णपुर नगरपालिका-४ क्याम्पस टोल बस्ने जगदिश बोहराको काठ र जस्तापाताले बनेको एक तले कृर्षी तथा पशुपन्छी फर्ममा किरा हटाउन बालेको आगोबाट बधबार साँझ आगलागी हुँदा काठ, जस्तापाता, भाडावर्तन लगायतका सामानहरु गरि अन्दाजी मूल्य रु.१ लाख बराबरको धनमाल जलेर नष्ट भएको हो ।
आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको, आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको जनाएको छ ।



















