धनगढी । खप्तड यातायात प्रालिले धनगढी–काठमाण्डौँ ‘आसन एक्सप्रेस’ बस सेवा सञ्चालनमा ल्याएको छ ।
प्रालिले आज एक कार्यक्रमका बीच ‘आसन एक्सप्रेस’को उद्घाटन गरेको हो । आसन एक्सप्रेस भीभीआईपी उच्चस्तरी एसी बस रहेको प्रालिले जनाएको छ ।
बस सेवाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि आचार्य सत्यराज अवस्थीले गुणस्तरीय सेवा दिँदै यात्रुहरुको सुरक्षामा ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा बोल्दै खप्तड यातायात प्रालिका अध्यक्ष अनन्तराज जोशीले आसन एक्सप्रेसबाट सुदूरपश्चिमका नागरिकले गुणस्तरीय तथा सुविधायुक्त सेवा पाउने विश्वास व्यक्त गरे ।
उनले भने ‘जुन सुन्दर परिकल्पना गरेर यो बस सेवा सञ्चालनमा ल्याउन लागिएको छ । यसमा यात्रा गर्ने यात्रुले पनि सुन्दर किसिमको यात्रा पाउने छन् । उहाँहरुलाई त्यो अनुभूति गराउन हामी लाग्ने छौँ ।’
उनले आसन एक्सप्रेसमा बसेका यात्रुले धनगढी–काठमाण्डौँ तथा काठमाण्र्डौँ–धननगढीको यात्रामा सकुशल गन्तव्यमा पुग्नेछु भन्ने अठोट लिएर निश्चिन्त भएर यात्रा गर्ने विश्वास लिएको बताए ।






















