धनगढी । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बझाङमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दुर्गाथली गाउँपालिका-४ रन्थोलीका २५ वर्षीय बरुण जोशी रहेका छन् ।
बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले जोशीलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।






















