धनगढी । कैलालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका-२ बसपार्क स्थित माहाकाली यातायातको सु.प.प्र.०२-००१ ख ९५६ नम्बरको बसको ठक्करबाट सोही नगरपालिका-१ बस्ने वर्ष अन्दाजी ४० वर्षीया सिन्की बोहराको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस र बस चालक जिल्ला दार्चुलाको मालिकार्जुन गाउँपालिका-२ बस्ने २३ वर्षीय रोहितसिंह धामीलाई प्रहरीले नियन्त्रणमा लिइ दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।














