धनगढी । बझाङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन ।
जिल्लाको जयपृथ्वी नगरपालिका-७ सुवेडा बस्ने ५२ वर्षीय चक्रबहादुर सार्की सोही ठाउँको चौपाते खहरे खोलामा आइतबार साँझ मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।














